Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने


0
Shares

काठमाडौं । नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । महाशाखाकाअनुसार लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।