१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


च्याम्पियन्स लिगको नयाँ सिजन सुरु, चार समूहका आठ खेल हुँदै


0
Shares

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन सन २०२१/२२ मंगलबार रातिदेखि सुरु हुँदैछ । ३२ टीमले प्रतिस्पर्धा गर्ने लिगमा युरोपियन टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

लिगको पहिलो दिन मंगलबार राति ४ समूहका ८ खेल हुनेछन् । यी खेलहरू नेपाली समयअनुसार साढे १० र पौने १ बजे हुनेछन् । समूह ‘एच’मा रहेको साविक विजेता चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटरवर्गसँग स्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ ।

सोही समुहको अर्को खेलमा स्वीडेनको माल्मो एफसीले इटालियन क्लव युभेन्ट्सको सामना गर्नेछ । लिगको पहिलो दिन समूह ‘एफ’मा रहेको स्विट्जरल्यान्डको योङ ब्वाइजले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

सोही समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्ला रियलले इटालियन क्लब एटलान्टासँग स्पर्धा गर्नेछ । समूह ‘जी’मा रहेको स्पेनिस क्लब सेभियाले रेडबुल साल्जवर्गसँग खेल्दा फ्रान्सेली क्लब लिलले जर्मन क्लब वल्फ्सवर्गसँग खेल्नेछ ।

समूह ‘ई’को खेलमा क्याटलान क्लब बार्सिलोना र जर्मन क्लव बायर्न म्युनिख तथा युक्रेनी क्लब डेनामो किएभल र पोर्चुगिज क्लब बेन्फिका आमनेसामने हुनेछन् ।