२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


टर्कीको हवाइ हमलाका कारण सिरियाका लाखौं सर्वसाधारण विस्थापित


0
Shares

काठमाडौं, पुस ७ । टर्कीले केही महिनादेखि सिरियाको उत्तरी सिमानामा जारी राखेको हवाइ हमलाका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् ।

टर्कीको सीमामा पर्ने सिरियाको उत्तरी इदलिब प्रान्तका हजारौं नागरिक विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसी समर्थक सिरियाली सेनाले पछिल्लो समय विद्रोहीविरुद्ध हवाइ हमला जारी राखेपछि सर्वसाधारण विस्थापित भएका हुन् ।

गत सेप्टेम्बरयता उक्त स्थानमा सैन्य अधिकारीहरुले निरन्तर हवाइ हमला जारी राखेको अधिकारकर्मीहरुले जनाएका छन् ।

विद्रोहीको नियन्त्रणमा रहेका भनिएको उक्त स्थानमा सेनाले जथाभावी हवाइ आक्रमण गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अप्रिलबाट हमला सुरु भएसँगै एक लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका छन् ।

कतिपय गाउँ नै खाली भएका छन् । रसियाले सिरियाली राष्ट्रपति बशर अल असदलाई समर्थन गर्ने र टर्कीले लामो समयदेखि विपक्षी गुटहरुको समर्थन गरिरहेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सिरियाबाट विस्थापित भएका शरणार्थीको चाप थेग्न नसक्ने बताएका छन् ।

सिरियामा जारी हवाइ हमलाका कारण टर्कीको सीमातिर हजारौ सर्वसाधारण भाग्न थालेपछि आफ्नो देशले शरणार्थीको चाप थेग्न नसक्ने राष्ट्रपति एर्दोगानले बताएका हुन् । एजेन्सी