
बारा । बाराको परवानीपुरस्थित अन्न्पुर्णा भेजिटेबल प्रोडक्टस प्रा.लि.को आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् ।
सोमबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कारखाना श्रमिक संघले एमाले निकट मजदुर युनियन समग्र उद्योग ट्रेड युनियनमाथी जीत हासिल गरेको हो ।
कुल मतदाता १४६ मा कारखाना श्रमिक संघले ८० मत प्राप्त गरे भने समग्र उद्योगले ६० मत प्राप्त गरेका थिए । आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रत्येक दुई वर्षमा हुने गर्दछ ।
अन्नपुर्णा भेजिटेबल प्रोडक्टस प्रा.लि. मा दुई वर्ष अगाडी पनि ट्रेड युनियन कांग्रेस निकट कारखाना श्रमिक संघले नै जित हासिल गरेको संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्