
काठमाडौं, पुस ६ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले हरियो रह्यो ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले सकारात्मक रहेर ११ सय ५० दशमलब आठ एक कायम भएर थामियो ।
यस दिन आधा समूह हरियो रहे भने आधा रातो । यस दिन उत्पादनमूलक, होटल, अन्य, विकास बैंक, लघुवित्त र सामुहिक लगानी कोष सकारात्मक रहे ।
उत्पादनमूलक समूहमा ७० अंक र होटल समूहमा ४४ अंकको बृद्धि आयो । बीमा, व्यापार, वित्त, जलविद्युत र वाणिज्य बैंक समूह ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको १४ लाख ८८ हजार कित्ता शेयर साढें ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्