१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


गोकुल बाँस्कोटाको प्रश्नः एमसीसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ?


0
Shares

काभ्रे । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मा के–के छ भनेर सोध्नु हाँस्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले बुझ्दै नबुझी भाङ/धतुरो खाएर हस्ताक्षर गरेको हो ? भन्दै प्रश्न गर्नुभयो ।

सरकारले केहिदिन अघि मात्रै विवादित विषयबारे स्पष्ट पार्न अमेरिकी सरकारलाई प्रश्न सोधेको थियो । उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसीसीमा हस्ताक्षर भएको दाबी पनि गर्नुभयो ।

यसैबीच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बाँस्कोटाको आरोप छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेकाले उहाँलाई मान्न नसकिने समेत उहाँको भनाई छ ।