डोलराज रानाभाट
चितवन । चितवनको भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै आएका जनप्रतिनिधिहरुले कार्यकाल सकिने बेला हुँदासम्म ल्याण्डफिल्ड साइट समेत बनाउन सकेका छैनन् ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचित भएर पद सम्हाले देखिका हरेक वर्षको नगरसभामा महानगरको फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्डसाइट बनाउँछौँ भनेको वर्षौँ भइसक्यो तर ल्याण्डफिल्ड त परको कुरा भरतपुर ३ को नगरवन क्षेत्र स्थित नारायणी नदी किनारमै महानगरले लामो समय फोहोर फाल्दै आएको थियो ।
एकातिर जलचरको विनाश,अर्कोतर्फ नारायणी नदीमा आउने वन्यजन्तुलाइ पुग्ने नोक्सान , न कुनै वातावरणीय मूल्याङ्कन प्रतिवेदन नै बनाएर त्यहाँ फोहोर फालिएको थियो । जसका कारण तिव्र आलोचना सँगै स्मार्ट सीटि गराउने महानगरको योजनालाई यसले गिज्जाइरहेको छ । बेटर चितवनका संस्थापक सागर कार्कीलाई महानगरको उक्त कार्यप्रति दुख व्यक्त गर्दै चाँडै व्यस्थित ल्याण्डफिल्ड निर्माण गर्न आग्रह गर्नुहुन्छ ।
फोहार ल्याएर पुर्ने गरिएपनि हिँउदमा फालेको पोहोर अहिले वर्खामा बगाइरहेको छ । वेय ग्रुप नेपालले पाँच वर्षदेखि भरतपुर महानगरपालिकालाई सफा गर्दै आएको छ । तर सफा गरेर संकलित फोहोर विसर्जन गर्ने महानगरको ठाउँ देखेर संयोजक भोजनारायण कडेँललाई समेत दुखी गरायो ।
महानगरमा दैनिक ६५ टन पोहोर संकलन हुने गर्दछ । फोहोर व्यवस्थापन गर्ने भनेर कोरियन कम्पनी र महानगरवीच २०७५ भदौ २८ गते सम्झौता पत्रमा हस्ताक्षर पनि भयो तर यतिका वर्षसम्म कुनै पनि देखिने काम भएकै छैन ।
विभिन्न समयमा स्थानीयले अवरोध गर्दा फोहोर नउठेर दुर्गन्ध भोग्नुपर्ने अवस्था पनि आइरहन्छ । नेपाल सरकारले भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वनमा १५ बिगाहा वन क्षेत्रको जमिन ल्याण्डफिल्ड निर्माणका लागि उपलब्ध गराएको करिब एक दशक बढी भयो । तर त्यहाँ ल्याण्ड फिल्ड निर्माण गर्नु सट्टा महानगरले अहिले भरतपुर २३ र २४ को सिमाना केरुङ्गाको खाल्डोमा फोहोर फाल्दै आएको छ । मध्य नेपालको सुन्दर शहर समृद्ध र सुस्कृति भरतपुर महागनर नारा दिएपनि त्यसले कहिले मूर्त रुप पाउने हो प्रश्न उब्जिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्