![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/atwari.jpeg)
काठमाडौं । थारू समुदायको अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ । गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार दुई जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्लामा बिदा दिएको थियो । यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ । थारू समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्