१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


पूर्व पत्रकार बने नेकपा एकीकृत समाजवादी हरिवनको अध्यक्ष


26
Shares

सर्लाही । सर्लाही नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ । हरिवन नगरपालिका–९, दनुवारी स्थित प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको निवासमा भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो ।

वाग्ले पत्रकार महासंघ सर्लाहीको संस्थापक अध्यक्ष हुनुहुन्छ भने सर्लाहीकै पहिलो सामुदायिक रेडियो सर्लाही खोलेर यसको समेत संथापक अध्यक्ष बन्नुभएकाे थियाे । वाग्लकैे नेतृत्वमा प्रेस चैतारीको समेत स्थापना गरिएको थियो ।

२०५३ साल देखि सर्लाहीमै प्रकाशन हुने परिचर्चा साप्ताहिकको संचालक तथा प्रकाशक रहेर काम गरेका वाग्लेले २०७२ सम्म पत्रिका संचालन गर्नुभएको थियो भने २०६८ देखि ७२ सम्म सामुदायिक रेडियो सर्लाहीका संस्थापक अध्यक्षको रुपमा कार्यरत रहनुभयाे ।

उहाँ पत्रकार महासंघ सर्लाहीको संस्थापक अध्यक्ष समेत हनुहुन्छ । उहाँले महासंघको २०५३ मा महासंघको नेतृत्व र २०५७ सालमा एमाले निकट प्रेस चौतारी नेपाल सर्लाहीको संस्थापक अध्यक्ष भएर समेत नेतृत्व सम्हाल्नुभएको थियो ।

भेलाले उपाध्यक्षमा कर्ण बहादुर लुंगेली, सचिबमा किशोर मिक्चन र सह–सचिबमा सजनि स्याङ्तानलाई सर्बसहमत चयन गरेको समाजवादीका नेता भरतकुमार कार्कीले जानकारी दिनुभयो । संगठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरु मात्रको नेतृत्व चयन गरिएको र निकट भविष्यमा नगर कमिटीमा पदाधिकारी एवं सदस्यहरु थप्ने पार्टीले जनाएको छ ।

समाजवादीको अध्यक्ष बनेका वाग्ले स्थानीय तह हुनुअघि केही समय नेकपा एमाले हरिवन नगरकमिटीको अध्यक्ष समेत रहनुभएको थियो । साविक एमालेको नगर कमिटीलाई नै एकीकत समाजवादीमा समाहित गरिएको वाग्लेले दाबी गर्नुभयो ।

समाजवादी पार्टीले आज जिल्लाको नेतृत्व पनि चयन गर्दैछ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा आयोजना हुने जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरुमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ ।