Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


सेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन– अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पार्नुभएको छ ।

आर्थिक अध्यादेशको पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले सेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताउनुभयो ।

‘मान्य सांसदले समाचारका आएका केही विषयलाई लिएर प्रश्न उठाउनुभएको रहेछ,’ सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भन्नुभयो, ‘तर, मैले सेयर मूल्य घटाउन वा बढाउनका लागि गभर्नरलाई फोन गरेको छैन ।’

एमाृलेको अवरोधकाबीच जारी बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने र अर्थिक अध्यादेश पेश गर्दैै छलफलसमेत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आजै १५ मिनेटपटि राख्नुभएको छ ।