मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय, बम नभएको पुष्टि « Image Khabar


मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय, बम नभएको पुष्टि


Border circle
Imagekhabar

काठमाडौं, भदौं २४ । काठमाडौंको पुरानो बानेश्वरस्थित सेतो पुलमा बम भनि आशंका गरिएको वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलाको एक शौचालयमा राखिएको शङ्कास्पद वस्तु बम नभएको जानकारी दिनुभएको हो ।

शौचालयमा बम भेटिएको हल्लापछि उक्त प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थल पुगेको प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा बम नभएको पाइएको प्रहरीले जनाएको हो ।

उक्त शंकास्पद वस्तु एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको फेला परेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्