७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


पुरानो बानेश्वरमा बमकाे शंकास्पद आशंका


0
Shares

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ ।

फाउन्डेसनको तेस्रो तलामा रहेको शौचालयमा ‘टाइगर’ नामको बम राखिएको आशंका गरिएको छ । घटनास्थलमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । सेनाको टोलीले सो शंकास्पद वस्तुको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।