 
	    भक्तपुर, साउन १६ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सूर्यविनायक नगरपालिका वडा नम्बर–२ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा ९ फिटे पर्खाल लगाएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले आफूलाई मर्का परेको भन्दै न्यायको माग गरेका छन् ।
सूर्यविनायक नगरपालिका–२, बालकोटका रानाभाटले उच्च अदालत पाटनको आदेश भन्दै चलनचल्तीको बाटोमा ९ फिटे पर्खाल लगाएको अर्को पक्षको भनाइ छ ।
नक्सामै भएको करिब चारफिटे बाटोमा पर्खाल लगाउँदा उक्त बाटो प्रयोग गर्नेहरु बाटोविहीन भइ आफ्नै घरमा कैद भएका छन् ।
स्थानीयले उक्त बाटो २० वर्षदेखि भोगचलन गर्दै आएको दाबी गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्