२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


प्रतिनिधिसभाबाट शोकप्रस्ताव पारित


0
Shares

काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोकप्रस्ताव पारित गर्‍यो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत् गरेका थिए ।

बैठकमा उनको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि.सं. २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।

कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहेका जोशीको मंगलबार काठमाडौंस्थित आफ्नै निवास बूढानीलकन्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक साउन १७ गते बिहीबार दिनको १ बजे बस्नेछ । रासस