विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द « Image Khabar


विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द


Border circle
Imagekhabar

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो ।

अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो ।

तर उनीहरु क्वारेन्टीनमा नबसी चारमध्ये तिन खेलाडी अर्जेन्टीनाको शुरुवाती ११ मा मैदान प्रवेश गरेपछि ब्राजिलले आपत्ति जनाएको हो ।

क्वारेन्टीन नबस्ने अर्जेन्टाइनी खेलाडीहरुमा टोटनह्याम हट्सपरका जियोभानी लो सेल्सो र क्रिश्चियन रोमेरो तथा एस्टन भिल्लाका इमिलियानो मार्टिनज र इमिलियानो बुन्डीया रहेका छन् ।

रोकिउको खेल अब कहिले हुन्छ भन्ने सार्वजनिक गरिएको छैन । विश्वकप छनौटअन्तर्गत लेटिन अमेरिकी समुहको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ४–१ ले हराउँदा पाराग्वे र कोलम्बियाले १–१ गोलको तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्