४ असार २०८२, बुधबार | Wed Jun 18 2025


नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा जारी : किरणको कीर्तिमान


0
Shares

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल अहिले भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल किरण चेम्जोङको नेतृत्वमा उत्रिएको छ ।

खेलको ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका छन् । मध्यान्तरसम्म बराबरी खेलेको नेपालले मध्यान्तरपछि भने दबाबमा खेलिरहेको छ । यता, कप्तान किरणले नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

यो खेलमा मैदानमा उत्रिएसँगै नेपालका लागि ७४ औं खेल खेलेर किरणले पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा १/१ गोलको बराबरी भएको थियो । माल्दिभ्समा असोज १५ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबिच मैत्रिपूर्ण फुटबल भएको हो । भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली थप तयारीका लागि कतार जानेछ । कतारमा केही हप्ता तयारी गरेर टोली त्यहीँबाट माल्दिभ्स पुग्नेछ ।