१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य गराउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको हो ।

अभियानको सुरु गर्दै मेयर रमेश महर्जनले मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जानकारी दिनुभयो । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न बैंक स्थापना गरिएको उहाँको भनाई छ ।

उपमेयर सरस्वती खड्काले अभियानलाई साथ दिएर कोरोना महामारीको संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गर्नु भयो । कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।