
काठमाडौं । अनलाईन सामाग्री डेलिभरी कम्पनी उपायसिटी कार्गोले काठमाडौंमा दुईपाङ्ग्रे ढुवानी सेवा सुरु गरेको छ । युकेएडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा उपाय सिटी कार्गोले इंट्रासिटीमा साना व्यवसायका अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरेको छ ।
उपायसिटी कार्गोले डिजिटल नेपालको ढुवानी सेवामा मेरुदण्ड बन्ने कम्पनीको दाबी छ । कम्पनीले दुई पाङ«गे्र सवारीले उपाय सिटी कार्गोले आफ्नो ग्राहकहरुको लागि यसको अन्तिम माइल र मध्य माइल ढुवानीसेवा पूरा गर्ने कम्पनी अध्यक्ष सुमन रायमाझीले बताउनुभयो।
उपायसिटी कार्गाेले प्रचलित बजार दरको तुलनामा कम मुल्य र छिटो ढुवानीका लागि दुई पाङ्ग्रे राईडर मोबाईल ट्रयाकिङ र कर बिजकको व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्