
अनलाइन सपिङका क्षेत्रमा समेत अब्बल दाबी गरिएको कम्पनी सोचेको डटकमले काठमाडौंमा आफ्नो नयाँ आउटलेट विस्तार गरेको छ ।
लत्ताकपडा र फेसनका सामग्री बिक्री गर्दै आएको कम्पनीले शुक्रबार एक कार्यक्रम गरी काठमाडौंको गोल्फुटारमा मेलान्ज स्टोर सुरु गरेको जानकारी दियो ।
नेपालमा छोटो समयमै ग्राहकको रोजाईमा परेको दाबी कम्पनीले गरेको छ । मल्टी ब्रान्ड सामग्री बिक्री गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले ग्राहकको आवाश्यकता पुरा गर्दै आफुलाई अब्बल बनाउँदै गएको संञ्चालक शैलेश लोहनीले बताउनुभयो ।
मेलान्ज स्टोरले काठमाडौ, धनगढी, नेपालगन्ज र ईटहरीमा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ । कम्पनीले सपिङ अझै सहज बनाउनका लागि सोचेको डटकम मार्फत पनि सेवा दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्