Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जयसिंह धामी मृत्युः प्रतिवेदन बनाउन एक महिना कूटनीतिक पहल कहिले


0
Shares

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धाकीको विषयमा एक महनिा बित्दा पनि सरकारले कुटनीतिक पहल गर्न आलटाल गरेको छ ।

जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही दिनअघि मात्रै भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरुलाई औपचारिक रुपमा महाकालीको घटनाको कुनै जानकारी नआएको बताएका थिए ।

सो घटनाको विषयमा नेपाल सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउन निर्देशन दिएकाले राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छन् ।

घटनालगत्तै सरकारले कूटनीतिक पहलमार्फत दार्चुला घटनाको छानबिन र कारबाहीका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको एक कूटनीत्रिज्ञले बताए ।

योे विषयलाई राजनीतिक र कूटनीतिक तहबाट हल गरिनुपर्ने कूटनीतिज्ञहरु बताउँछन् । परराष्ट्र मन्त्रालयमार्फत घटनाको विषयमा भारत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा यो पटक दार्चुलाको स्थानीय प्रशासन र भारतको धार्चुलाका प्रमुख जिल्ला अधिकारीका तहमा पत्राचारमा सीमित हुन पुग्यो ।

तर, भारतको सीमा प्रशासनले एसएसबीको संलग्नताको विषयमा ठाडै अस्वीकार गरेपछि छानबिन प्रभावित बन्न पुगेको थियो ।

सरकारले साउन १७ मा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिले प्रतिवेदन तयार पार्न नसक्दा सरकारले भारतसँग सो घटनाको विषयमा ध्यानाकर्षण समेत गर्न सकेको छैन । राजधानी