काठमाडौं । भारतीय योग गुरु तथा कुशल प्रवचक सद्गुरुले नेपाल प्राकृतिक सौन्दर्यले भरिएको भन्दै विश्व समुदायलाई नेपाल घुम्नका लागि आह्वान गरेका छन् । मानसरोवरको भ्रमणपछि राजधानी फर्किएका सद्गुरुले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै अर्को स्वर्ग खोज्नु नपर्ने बताए । हुम्लाको लिमी उपत्याका, तिप्ताला हुँदै कैलाश पर्वत र मानसरोवनको अवलोकन गरी काठमाडौँ आएका उनले नेपालले आगामी १० वर्षमा पर्यटनमा फड्को मार्नसक्ने बताए । चीन प्रवेश नगरिकनै नेपालकै मार्ग भएर मानसरोवर पुगेको यो पहिलो यात्रा समेत थियो ।
‘नेपालसँग प्रकृति र संस्कृति छ । नेपाल आउँदा मलाई मन र शरीरमा साकारात्मक उर्जा पैदा हुन्छ । त्यसैल म १५ वर्षदेखि लागातार आउँदैछु । नेपालको प्राकृतिले मानिसलाई आन्नदित बनाउँछन्, शान्ति प्रादन गर्छ । प्राकृतिक सुन्दरतालाई वर्णन गर्ने मसँग कुनै शब्द छैन’ सद्गुरुले भने ।
अरु मुलुक औद्योगिक, प्राविधिक रुपमा विकसित रहेको भन्दै उनले थपे, ‘नेपाल आध्यात्मिक, धार्मिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हामीले संसारको सबै मुलुकलाई औद्योगिक मुलुकको रुपमा विकास गरिराख्नु जरुरी छैन । साास्कृतिक, प्राकृतिक र पर्यटकीय मुलुक बनाउन पनि जरुरी छ । जुन सम्भावना नेपालसँग मात्रै छ ।’
नेपालको सौन्दर्यलाई नजिकबाट महसुश गर्नेलाई स्वर्ग गइराख्नु नपर्ने उनको भनाइ थियो । उनले भने ‘आँखा खोलेर हेर्नुस् नेपाल सुन्दर छ । नेपाललाई महसूश जसले गर्छ उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन । मलाई बेलायत, अमेरिका, युरोप त्यतिधेरै घुम्न मन पर्दैन जति नेपाल घुम्न मन पर्छ ।’
यस्तै नेपालले आफ्नो सौन्दर्य जोगाइराख्न सकेमा नेपालको सुन्दर भविष्य भएको उनले बताए । तर कुनै पनि राजनीतिक हस्तक्षेप विना नेपालको संस्कृति, आध्यात्मिक, धार्मिक र प्राकृतिक पक्षहरुको संरक्षण गर्नुपर्ने उनको सुझाव थियो । नेपालको हिमाली क्षेत्रसँगै पहाड पर्वतले पनि पर्यटकलाई आकर्षण गर्ने बताए । यहाँका बासिन्दा, संस्कृति, प्राकृतिक सुन्दरता र शान्तपूर्ण वातावरणले झनै उत्सुक बनाउने उनले बताए । अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस्