२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गाउँपालिका उपाध्यक्षद्धारा एकीकृत समाजवादीको पक्षमा सनाखत


0
Shares

अर्घाखाँची, भदौ १८ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमले शुक्रबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नुभएको हो ।

उहाँसँगै अन्य २ जना वडा सदस्यले पनि नेकपा एसमा सनाखत गरेका छन ।