Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


बबई सिँचाइ नहरमा डुबेर १९ किशोर मृत फेला


624
Shares

केशव कोइराला, बर्दिया। बर्दियाको बबई सिँचाइ नहरमा डुबेर बेपत्ता भएका बारबर्दिया-१० बैदिका १९ वर्षीया आकाश थारु मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मंगलबार कपाल काट्न भन्दै घरबाट निस्किएका थारु नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा थारुको शव नहरबाट फेला परेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

वर्षायाममा नदी, खोल्सा तथा सिँचाइ नहरमा पानीको बहाव बढ्ने भएकाले यस्ता स्थानमा नुहाउँदा वा पानीमा प्रवेश गर्दा विशेष सावधानी अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।