पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता


0
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच आज जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैंमा उदाहरणीय काम भएको बताउनुभयो ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिनुभयो । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताउनुभयो । टानले के ग¥यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।