Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आजदेखि गोकर्णेश्वरका सबै विद्यालय खुल्ने


0
Shares

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो ।

११ गते भएको नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको बृहत छलफलमा सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले आज एक सूचना जारी गरी जानकारी दिएको हो ।