
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज हुन लागेका हुन् । आज मध्यान्ह साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोवाटोमा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् ।
आजै दिउसो साढे २ बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लबको खेल हुनेछ ।
भुकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको पुर्ननिर्माण गरिएपछि पहिलो पटक ‘ए’ डिभिजन लिगको खेल हुन लागेको हो ।
झण्डै ५ वर्षपछि दरशरथ रंगशालामा मुलुकको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता फर्कन लागेको हो ।
गत शनिबार सुरु भएको ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।
लिगको पहिलो खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराएको हो ।
प्रतिक्रिया दिनुहोस्