 
	    काठमाडौं । सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।
२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन ।
सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरूको गुनासो छ । स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।
सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताउनुभयो । उहाँले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले थोरै संख्यामा मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराउनुभयो ।
श्रेष्ठले ल्याण्डफिल्ड साइट जहिल्यै पनि बाटो भन्दामुनि हुनुपर्ने तर नेपालमा फोहोर भन्दा माथि नै बाटो बनाएर एक सय मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्