
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।
जितसँगै सिटीले तालिकाको चौथो स्थानको चेल्सीसँग ६ अंकको अग्रता लिंदा दोस्रो स्थानको लेस्टर सिटीसँगको दुरी चार अंकमा झारेको छ ।
आर्सनलको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायनले दुई तथा राहिम स्टर्लिङले एक गोल गरे ।
प्रिमियर लिगमा आर्सनलको यो पछिल्लो पाँच खेलमा दोस्रो हार हो । जितसँगै सिटीले १७ खेलमा ३५ अंक बनाएको छ । आर्सनलको २२ अंक छ ।
गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।
आफ्नै मैदान ओल्ड ट्राफोर्डमा मासन ग्रीनवुडले खेलको ७७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।
यसअघि खेलको ३६ औं मिनेटमा भिक्टर लिन्डेलोफको आत्मघाती गोलपछि एभर्टनले अग्रता लिएको थियो ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वुल्भरह्यानम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ ।
प्रतिक्रिया दिनुहोस्