काठमाडौं । लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिब पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ?
तपाईलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले ३१ बर्षे सेवा अवधिमा साढे १० करोड रुपैंयाँ कमाएका छन् ।
तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैंयाँ कमाएका हुन ।
बस्नेतले तलब भत्ता, टिएडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रमक कमाएका होइनन् ।
उनको वैध आम्दानी पौने दुई करोड रुपैंयाँ भएपनि पदीय आचरणविपरीत गैर कानुनी रुपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्