२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन सुरु हुँदै


0
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज(शुक्रबार)बाट सुरु हुँदैछ ।

दिउँसो तीन बजे सात दोबाटोस्थित खेल मैदानमा सुरु हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगमा  १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजनमा एउटा क्लब रेलिगेशनमा पर्नेछ ।

लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५/१५ हजार हात पार्नेछ ।