Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


भेरी नदीले सतर्कता तह पार गर्‍यो, सचेत रहन आग्रह


0
Shares

काठमाडौं । भेरी नदीले सतर्कता तह पार गरेको छ। आज बिहान १० बजेर ३० मिनेटमा गरिएको मापनले भेरी नदीले सतर्कता तह पार गरेको देखाएकाे हाे ।

भेरी नदी जामु जल मापन केन्द्रले गरेकाे मापनमा भेरी नदीकाे जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

पानीको सतह बढ्दो क्रममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, डढेलधुराको गैबढे र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा ठूलो वर्षा भएको र थप हुने पूर्वानुमान गरिएको छ ।

ठूलो वर्षाका कारण रंगुन, पुन्टुरा तथा अन्य स साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी आउने भएकाले तटीय क्षेत्रमा रहेका सम्पूर्णलाई राती सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।