१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने


0
Shares

काठमाडौ, मसिर २७ । काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी यहि मंसिर २८ र २९ गते विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउने निर्णय गरेको जानकारी गराएको छ ।

२५ औ महानगर दिवस मनाउन महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समितिसमेत गठन गरेको छ ।

महानगर दिवस मनाउनको लागि ज्यापु समुदायका परम्परागत बाजासहितको झाँकीलाई महानगर परिक्रमा गरीने छ ।

काठमाडौ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको विकासको लागि महानगर दिवस महत्वपूर्ण हुने बताए ।

महानगरपालिकाले महानगर दिवसमा शहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्वन्धित तस्विरसमेत प्रदर्शनी गरीने छ ।

त्यस्तै विभिन्न खेलकुदलगायतका प्रतियोगितासमेत गरीने छ । काठमाडौको कला, संस्कृति, भाषाको संरक्षण र ऐतिहाँसिक तथा पुरातात्विक वस्तुहरुकोसमेत संरक्षण गर्न महानगर दिवस मनाउन लागिएको हो ।