Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


किसानले पाएनन् मल, काेराना कहरमा पनि मल किन्नेकाे लाइन


0
Shares

urea scarcity government unable to supply

काठमाडौं । रौतहटबाट ०४६ सालमा भरतपुर–६, पारसनगरमा आएका जीवशलाल राहुतले २० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर खेती गर्दै आएका छन् । उनको परिवारमा रहेका २३ जनाकै मुख्य आम्दानीको स्रोत खेतीपाती नै हो ।

सिँचाइ मोटरको प्रयोगले धान रोपेका उनले खेत गोडेर सके पनि मल पाएका छैनन् । उनी सर्वाेदय सहकारीका सदस्य पनि हुन् । उनले भने, ‘आफूलाई २० बोरा मल चाहिएको छ । १० केजी मल ल्याएर कहाँ छर्ने ?’  

मल लिन नागरिकता र लाजपुर्जाको फोटोकपी अनिवार्य गरिएको छ । उनी यो समस्याबाट पनि पीडित छन् । ‘सहकारीले जमिनको लालपुर्जा माग्छ । मलकै लागि भाडामा लिएको जमिनको जग्गाधनीसँग लाजपुर्जाको फोटोकपी माग्नुपर्ने हुन्छ ।

कोही विदेश हुनुहुन्छ, कोही कहाँ हुनुहुन्छ, कसैको लालपुर्जा बैंकमा छ, हामीले कसरी फोटोकपी ल्याउने होला,’ उनी भन्छन्, ‘काम गरेर खाने मान्छे हामी लपनछपन जानिन्न, बरु केही महँगो भए पनि मल पाए किन्न हुन्थ्यो ।’  नयाँपत्रिका