
काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐनमाथि विशेष छलफल आवश्यक रहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ट्रेड युनियनहरुलाई संगठितरुपमा अगाडि बढ्न पनि सुझाव दिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ट्रेड युनियनहरु परिवर्तित सन्दर्भअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै राज्यको क्षमता हेरेर सुविधाको माग राख्नुपर्ने बताए ।
कार्यक्रममा कर्मचारी संगठनका नेताहरुले निश्चित विधि बनाए आफूहरु तोकिएको ठाउँमा जान तयार रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्