Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कांग्रेसको निम्तामा भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा


0
Shares

काठमाडौं । चारदिने अनौपचारिक भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

कांग्रेस सभापतिका हैसियतमा भेटवार्ता भएको हो । भाजपा र नेपालका प्रमुख दलहरुबीच सम्बन्ध विस्तारका सिलसिलामा कांग्रेसको निमन्त्रणामा चौथाइवाइ आइतबार नै काठमाडौं आएका हुन् ।

उनी नौ महिनाअघि पनि एमालेको निमन्त्रणामा काठमाडौं आएका थिए । एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेलले उनलाई निमन्त्रण गरेका थिए । यसपटक कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशसरणले निमन्त्रण गरेका थिए । नयाँ पत्रिका