
काठमाडौं, मंसिर २५ । न्यूजिल्यान्डको ह्वाइट आइल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएपछि खोजीकार्य स्थगित गरिएको छ ।
सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको त्यहाँको प्रहरीले जनाएको हो ।
अबको २४ घन्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि रहेको बताइएको छ ।
‘ह्वकारी’ भनेर पनि चिनिने सो ज्वालामुखी गएको सोमबार विस्फोट भएको थियो ।
विस्फोटमा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जलेर घाइते भएका २५ जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटको समयमा दर्जनौं पर्यटक सो टापुमा थिए । तीमध्ये केहीको उद्धार गरिएको छ भने केही मृत फेलापरेका थिए । हराइरहेका ८ जनाको मृत्यु भइसकेको ठानिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्