Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आत्महत्या बढ्दो, १ घण्टा २० मिनेटमा एकले गर्छन् आत्महत्या


0
Shares

काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो समय नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको एक तथ्याकंले देखाएको हो ।

यो संख्याअनुसार प्रत्येक १ घण्टा २० मिनेटमा नेपालमा एक आत्महत्याको घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्याकंअनुसार आर्थिक वर्ष २०७४७५ मा एक वर्षको अवधिमा ५ हजार ३ सय १७ जनाले आत्महत्या गर्दा नेपालको दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ को हाराहामीमा थियो ।

तर, यो संख्या गत आर्थिक वर्ष २०७७ ७८ सम्म् आइपुग्दा दैनिक १९ जनाभन्दा बढी पुगेको छ । यो संख्या आथिएक वर्ष २०७६ ७७ को तथ्याकंभन्दा १४ दशमलव ४ प्रतिशतले बढी हो ।

सो आर्थिक वर्षमा कुल ६ हजार २ सय ४१ जनाले आत्महत्या गर्दा द्यैनिक ग्राफ १७ थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसीि वसन्त कुँवरले आर्थिक वर्ष २०७७ ७८ सम्म आइपुग्दा दैनिक १९ जनाले आत्म्हत्या गर्ने गरेको जानकारी दिए । राजधानी