काठमाडौं । जापानले बनाइदिएको सय वेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीरलाई सरकारले अनुमति दिएको छ ।
बजेटमै निकास भएको १५ करोड रुपैंयाँ नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल सुरु गर्न निर्देशन दिंदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ ।
जापानी सहयोग नियोग(जाइका)ले बनाइदिएको भवन अलपत्र परेपछि नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेलगत्तै मन्त्रालयले पहलकदमी लिएको हो ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अत्याधुनिक नयाँ भवनमा गुणस्तरीय सेवा संचालन गर्न १५ कारोड रुपैंयाँ खर्च गर्न अनुमति दिएको बताए । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्