Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


0
Shares

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको थियो । यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेमा मात्र दल विभाजन गर्न सकिन्थ्यो ।

दल विभाजनका गराउन अध्यादेश ल्याएकामा देउवा सरकारको चौतर्फी आलोचना भएको छ । यसअघि, पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले पनि यस्तै अध्यादेश ल्याउँदा कटू आलोचना भएपछि फिर्ता लिनुपरेको थियो ।