काठमाडौं । भारतीय सीमा शसस्त्र बल (एसएसबी) ले तुइन फुकालिदिँदा महाकाली नदीमा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन १७ दिन पुग्दा पनि सकिएको छैन् ।
तोकिएको समयभित्र नसकिएपछि गृह मन्त्रालयले छानबिन समितिलाई फेरि एक साताको समय थप गरेको छ ।
गृहका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिलाई मंगलबार एक साताको समय थपेको हो । १० दिनको समयसीमा दिएर प्रतिवेदन बुझाउने गरी साउन १७ गते छानबिन समिति गठन गरेको थियो ।
१० दिनमा नसकिएपछि एक साता थपिएकोमा दोस्रोेपटक एक साता थपिएको हो । गत १५ साउनमा दार्चुला व्यास गाउँपालिका २ का जयसिंह धामी भारत जानेक्रममा खसेर बेपत्ता भएका थिए ।
तुइनबाट भारत जाने क्रममा पारितर्फ रहेका एसएसबीले तुइन फुकालिदिएको स्थानीयले बताएका छन् । घटनाको १९ दिन भइसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
सरकारले छानबिन प्रतिवेदनका आधारमा यस विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । तर, छानबिनमै ढिलाइ हुँदा भारतसँग यस विषयमा कुरा हुन सकेको छैन ।
छानबिन समितकासंयोजक गौतमले अबको एक सातभित्र प्रतिवेदन बुझाउने बताए । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्