२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न पाउने


0
Shares

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । 

विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । 

संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा ब्यापक परिवर्तन गर्न लागिएको छ ।

विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिबको नेतृत्वमा दुई समिति हुनेछन् । 

फोन इन्टरसेप्सनको अधिकार

विभागलाई पहिलोपटक फोन इन्टरसेप्सनको (गोप्य रुपमा टेलिफोन कुराकानी रेकर्ड) को अधिकारसमेत दिन लागिएको छ ।

विधेयकको १० मा यससम्बन्धी व्यवस्था छ । दुरुपयोग हुनसक्ने र नागरिकको गोपनियताको हक हनन् हुनसक्ने भएकाले यो अधिकार भने विवादितसमेत हुन सक्ने देखिएको छ । –नयाँ पत्रिका दैनिकबाट