Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अफगानिस्तानमा राष्ट्रपति घानी देशबाट भाग्दा कमल थापाले किन सम्झे पूर्वराजा ?


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्झनुभएको छ ।

थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति सम्मान अझै बढेको भन्दै सम्झनुभएको हो ।

थापाले ट्विटरमा लेख्नुभएको छ, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।’

थापाले २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी रहेको बताउनुभयो । उहाँले राजा र राष्ट्रपति बिचको फरक पनि यही हो भन्नुभएको छ ।

२०६५ मा सात दलले जनआन्दोलनबाट सत्ता आफ्नो हातमा लिँदा पूर्वराजा ज्ञानेन्द्र शाहले शान्तिपूर्वक राजगद्यी त्याग्नुभएकाे थियो । उहाँ नारायणहिटीबाट निस्केर स्वदेशमै साधारणजीवन बिताइरहनुभएको छ ।