Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


अमेरिकाले अफगानिस्तानबाट ३ सय नेपाली फर्काउने


0
Shares

काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दुतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ ।

अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना जति नेपालीले सुरक्षा दिइरहेका छन् । अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट टेलिफोनमा दिएको जानकारीअनुसार उनीहरुलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ ।

यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेन फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन, दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।

अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूलाई अमेरिकी दूतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षाकर्मीले बताए ।

यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका सिभिलियन कामदारलाई फार्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरुलाई कम्पनीले दुबइ लगेर राखेको छ । कान्तिपुर