Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


‘न्याय परिषद् सदस्यहरु छाडा भए’ (भिडियो)


0
Shares

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज)

काठमाडौं, मंसिर २० । न्याय परिषद्ले आफ्नै सदस्य पदम वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने प्रस्ताव गरेपछि यो विषय विवादित बनेको छ ।

नेपाल बार एसोसिएसनले यसमा गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको छ ।

हामीसितको कुराकानीमा नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडल भन्छन्–‘विगतमा न्याय परिषद्को सदस्य भएर पदम वैदिकले आफैंले नियुक्त गरेका न्यायाधीशभन्दा तल नियुक्ति लिनु नैतिकरुपले नमिल्ने कुरा हो ।’

प्रधानन्यायाधीशसहित सिंगो न्याय परिषद् गैरजिम्मेवार भएर कुतर्क गरेकाले पनि बारले आपत्ति जनाएको उनको तर्क छ ।

परिषद् सदस्यहरु छाडा भएर नातागोता र सिफारिसमा तथा पैसा लेनदेन गरेरसमेत न्यायाधीश सिफारिस गर्ने गरेकाले बारले बोल्नुपरेको उनी बताउँछन् ।

प्रधानन्यायाधीशले खल्तीबाट मान्छे ल्याउने, अर्को सदस्यले ‘मेरो मान्छे’ भन्दै खल्तीबाट ल्याउने प्रथा बन्द गरेर ‘रोस्टर’ प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ ।

भिडियो हेर्नुहोस्

Skip This