Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


विश्व स्वास्थ्य संगठनले नेपाललाई दियो १८ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री


0
Shares

काठमाडौं, साउन २६ । विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सेनट्रे मेशिनसहित अत्यावश्यक मेडिकल सामग्रीहरु नेपाललाई प्रदान गरेको छ ।

१८ लाख अमेरिकी डलर बराबरको ती सामग्रीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

दुई लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख वटा मास्क र ५ लाख सर्जिकल ग्लब्स हस्तान्तरण गरिएको हो ।