Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु– केपी ओली


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गर्नुभयो ।

‘म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट प्रधानमन्त्री भएको होइन, दाइजो वा यजमानी र कसैले कृपा गरेर दिएको प्रधानमन्त्री होइन,’ उहाँले भन्नुभयो, ‘म जनताबाट चुनिएर प्रधानमन्त्री भएको हुँ, अर्कोपल्ट पनि व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु ।’

यद्यपि उहाँले आफूलाई प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता नभएको बताउनुभयो । सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले अहिलेसम्म आफूलाई पूर्ण रुप दिन नसकेकाले शुभकामना र बधाईमा आगामी १५ महिना बित्ने भविष्यवाणी गर्नुभयो । १७ वटा मन्त्रालय आफैँले राखेर प्रधानमन्त्रीले मन्त्रालयमा समेत घुम्न नभ्याउने टिप्पणी गर्नुभयो ।