
काठमाडौं । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु रहेको बताएको छ ।
संसदकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउनुको विकल्प नभएकोसमेत स्पष्ट पारेकी छन् ।
डेमोक्रयाट्सहरुले ट्रम्पले राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिद्वन्द्वमाथि छानविन गर्न युक्रेनमाथि अनावश्यक दवाव दिएको आरोप लगाएका छन् ।
उनीहरुले ट्रम्पले पदीय दुरुपगोग गरेर युक्रेनलाई दवाव दिएको प्रशस्त प्रमाण संकलन भएको दावीसमेत गरेका छन् ।
क्यालिफोर्नियामा पत्रकार सम्मेलन गरेर सभामुख पेलोसीले ट्रम्पले राष्ट्रिय सुरक्षानीति विपरित युक्रेनमाथि दवाव दिएको पुष्टि भएको बताइन् ।
उनले राष्ट्रियता र आन्तरिक सुरक्षा कमजोर बनाउन राष्ट्रपति नै लागिपरेकाले महाअभियोग लगाएर पदमुक्त गर्नुपर्ने तर्कसमेत गरिन ।
यो वर्षको अन्तिममा महाअभियोगमाथि संसदमा मतदान हुने बताइएको छ ।
ह्वाइट हाउसले भने डेमोक्र्याटहरुको कमदमप्रति कटाक्ष गर्दै ट्रम्पमाथि लगाइएको आरोप आधारहिन भएकाले पछुताउनुपर्ने प्रतिक्रिया दिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्