३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


फ्रान्समा पेन्सन सुविधाको नयाँ व्यवस्थाविरुद्ध देशव्यापी आन्दोलन


0
Shares

काठमाडौं । फ्रान्समा पेन्सन सुधारको माग गर्दै जारी देवव्यापी हड्तालका कारण जनजिवन प्रभावित हुँदै गएको छ ।

हड्तालका कारण स्कुल, सरकारी कार्यालय तथा सार्वजनिक यातायात सेवा बन्द भएका छन् ।

एकसय भन्दा बढी शहरमा हजारौं मानिस आन्दोलनमा सहभगी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा कयौ घाइते भएको बताइएको छ ।

सरकारले हालै ल्याएको पेन्सन सुधार योजनाप्रति असहमति जनाउँदै श्रमिकहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् ।

प्रस्तावित नयाँ व्यवस्थामा निवृत्तिभरणको समय अवधि बढाउने प्रस्ताव गरिएको छ ।

तर, नयाँ योजना लागू हुनु अगावै सेवानिवृत्त हुनेहरुका लागि कम सुविधाको व्यवस्था गरिएको उनीहरुको आरोप छ ।

उक्त हड्तालमा शिक्षक, कर्मचारी, वकिल सुरक्षाकर्मीलगायत आम कामकाजी नागरिक सहभागी भएका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोले सामाजिक सुरक्षाका लागि नयाँ सुधार योजना ल्याएको दावी गरेका छन् । उनले नयाँ योजनाले मजदुरको हितमा काम गर्ने दावीसमेत गरेका छन् । 

नयाँ व्यवस्था लागू भए फ्रान्समा हाल कायम रहेको ४२ वटा अलग अलग पेन्सन स्किम विस्थापित हुनेछन् । जसमा निवृत्तिभरणको उमेर फरक फरक रहेको छ ।(एजेन्सी)