Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


गाउँपालिका अध्यक्षद्वारा कर्मचारीलाई घाँटी काटेर ज्यान मार्ने धम्की


26
Shares

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले लेखापाल सुजन थापालाई घाँटी काटेर ज्यान मार्ने धम्की दिएका छन् ।

लिम्बुले अनियमित भुक्तानी गर्न दबाब दिँदै खर्च नै नगरी फर्जी बिलभर्पाइ तयार गरिएको अनियमित भुक्तानी गर्न इन्कार गर्दा ज्यान मार्ने धम्की दिएको लेखापाल थापालाई उद्धृत गर्दै नेपाल निजामित कर्मचारी युनियनले जनाएको छ ।

अध्यक्ष लिम्बुले मादक पदार्थ सेवन गरी गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्ण चम्लागाईं र गाउँपालिका शिक्षा शाखा सल्लाहकार नन्द कुमार दर्नालसहित सात जना समर्थकलाई साथमा लिएर ‘म अध्यक्ष मात्र होइन, गुण्डा पनि हुँ’ भन्दै घाँटी काट्ने धम्की दिएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धम्कीप्रति विरोध जनाउँदै युनियनले अनुसन्धान गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

Skip This