२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सुडानमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु, अधिकांश भारतीय


0
Shares

काठमाडौं, मंसिर १९ । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।

घटनाको दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको बताइएको छ । विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् । एजेन्सी